काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार मानव अधिकार विरुद्ध गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । बुधबार संगठनका अध्यक्ष नैनसिंह महरको नेतृत्वको आयोगको कार्यालयमा पुगेको टोलिले उक्त ज्ञापनपत्र बुझाएको हो ।


ADVERTISEMENT


सरकारले नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कृण्ठित गरेको नेविसंघले आरोप लगाएको छ । आयोगका अध्यक्ष अनुपराज शर्मालाई बुझाइएको ज्ञानपन पत्रमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार कृण्ठित पार्ने गरी सरकार अगाडी बढेको छ । यति मात्र होइन जघन्य अपराधका घटनामा रहेका अपराधीहरुलाई आममाफी दिने जस्ता मानव अधिकार विरोधी निर्णय सरकारले गरिरहेको छ ।’


ADVERTISEMENT

# # #


यस्तै असनरत गंगामाया अधिकारी र डा. गोविन्द केसीका मागप्रति सरकार गम्भीर नहुनु दुर्भाग्य रहेको नेविसंघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘न्यायप्राप्तीका लागि लामो समयदेखि असनरत गंगामाया अधिकारी र समग्र स्वास्थ्य क्षेत्रको परिवर्तनका लागि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकारले गरेको आनाकानीले हामीलाई आक्रोशित बनाएको छ ।’

अनसनरत अधिकारी र डा. केसीको जीवन रक्षाका लागि आवश्यक पहलकदमी लिन पनि नेविसंघले आयोगलाई अनुरोध गरेको छ ।

छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै गंगामाया अधिकारी वीर अस्पतालमा लामो समयदेखि आमरण अनशनरत छिन् भने स्वाथ्य क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी १५ औँ पटक जुम्लामा अनसन बसिरहेका छन् ।