कैलाली– कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा नुहाउने क्रममा २ जना बालकको डुबेर मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा सोही ठाउँका हर्क भुलको छोरा ८ वर्षीय सचिन भुल र बाधुराम चौधरीका छोरा १२ वर्षीय अमन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मंगलबार साँझ पौने सात बजेतिर खोलामा नुहाउन गएका उनीहरु खोलामा डुबेका थिए । स्थानीयले देखेर उद्धार गरी सचिनलाई सुखडमा रहेको घोडाघोडी अस्पताल र अमनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याएका थिए । तर, उनीहरुको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।