काठमाडौं– महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ । महानगरपालिकाको नगर सभाले सेवा शुल्क लिने निर्णय गरेसँगै नयाँ शुल्क लागू हुने भएको हो ।


ADVERTISEMENT


माध्यमिक तहको संस्थागत विद्यालयको नाम परिवर्तन गर्न ५० हजार, र आधारभूत तहको ३० हजार, आधारभूत तहको अनुमतिपत्र वितरण गर्न ५ र मावि तहको १० हजार, आधारभूत तहको विद्यालयको स्वामित्व परिवर्तन गर्न २० र माध्यमिक तहको ३० हजार, आधारभूत तहको स्थान परिवर्तन गर्न २० र माध्यमिक तहको ३० हजार रुपियाँ लिने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गर्न १ हजार, विद्यार्थीको नाम थर, जन्ममिति सच्याइ प्रतिलिपि लिन प्रति विद्यार्थी २ सय, संस्थागत विद्यालयको विद्यार्थी भेरिफिकेसन गर्न ५ सय रुपियाँ लिने निर्णय गरेको छ ।

आधारभूत तहको सामुदायिक विद्यालयमा करार, राहत शिक्षक नियुक्तिको अभिलेखीकरण गर्न १ हजार र मावि तहमा २ हजार रुपियाँ लिने निर्णय गरेको हो । स्थानीय तहमा विद्यालय शिक्षा गइसकेपछि नयाँ सेवा शुल्क कायम गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । – आजको नेपाल समाचारपत्रबाट