काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


२०७२ सालको भूकम्पबाट क्षति पुगेको बैठकको पुनःनिर्माण सम्पन्न भएपछि बुधबार प्रधानमन्त्री ओली र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उद्घाटनपछि छोटो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री केओलीले भूकम्पपछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको जानकारी दिंदै हनुमानढोकामा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वको भएकोले त्यसलाई अझै राम्रो बनाउने बताएका हुन् ।

गद्दी बैठकको पुनःनिर्माण काठमाडौंस्थित अमेरिकी दूताबासको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष मार्फत भएको हो । पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसमा अमेरिकी कन्सल्टेन्टले नै काम गरेको थियो । झण्डै डेढ वर्ष लगाएर गद्दि बैठकको पुनर्निर्माण गरिएको हो ।

विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा गद्दी बैठक निर्माण भएको थियो । त्यसलाई पुनर्निर्माण गर्दै पुरानै स्वरुपमा फर्काइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।