नवलपरासी– पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ गर्नेमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ का २७ वर्षीय अजित चौधरी, रामग्राम नगरपालिका–१० का २१ वर्षीय नितेशसिंह चौधरी, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ निवासी २९ वर्षीय सुमित पौडेल र कावासोती–१३ निवासी ३२ वर्षीय बलराम महतो रहेका छन् ।

उनीहरुको साथबाट फेनार्गन २९६ एम्पुल, नुफिर्न २८० एम्पुल, डाइजेपाम ३०६ एम्पुल गरी ८८२ एम्पुल लागूऔषध बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट प्रहरीले छ थान मोबाइल, रु ११ हजार ५०० नगद, उनीहरुले प्रयोग गरेको लु १५ प २५९६ नम्बरको मोटरसाइकल र ना ४१ प १७१० नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ । रासस