चौतारा– सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


त्यसैगरी उपप्रमुखमा काँग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गरेकी छन् । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।


ADVERTISEMENT

# # #


सो गाउँपालिकाको वडा नं १, २, ४ र ६ मा नेपाली काँग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी भएका छन् भने वडा नं ३, ५ र ७ मा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी भएका छन् ।