काठमाडौँ– रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत समूह ई को आफ्नो दोस्रो खेलमा ब्राजिलले जित हात पारेको छ । ब्राजिलले कोष्टारिकालाई २-० गोल अन्तरले हराएको हो ।


ADVERTISEMENT


पिटर्सवर्ग स्टेडियममा पहिलो हाफसम्म गोल गर्न नसकेको ब्राजिलले अतिरिक्त समयमा दुई गोल गरेको हो । ब्राजिलका लागि ९१ औँ मिनेटमा फिलिप काउटिन्होले गोल गरेर अग्रता दिलाएका थिए । यसपछि नेइमारले ९७ औँ मिनेटमा गोल गर्दै टोलिलाई जिताएका हुन् ।


ADVERTISEMENT

# # #


टिमका लागि दोस्रो तथा व्यक्तिगत पहिलो गोलको खाता खोले पछि नेइमार मैदानमै रोएका थिए ।

यस अघि पहिलो हाफमा खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएको ब्राजिलले गोल गर्ने केही राम्रा मौका गुमाउँदा अग्रता लिन सकेको थिएन ।

कोष्टारिकालाई स्तब्ध पारेसंगै ब्राजिलको नकआउट चरण प्रवेशका लागि बाटो खुला भएको छ । समूहको पहिलो खेलमा आशा अनुसारको प्रदर्शन गर्न नसकेको ब्राजिलले आज सेन्ट पिटर्सवर्ग स्टेडियममा कोष्टारिकाविरुद्ध आफ्नो स्वभाविक खेल देखाएको हो ।

पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो। कोस्टारिकालाई भने सर्वियाले पराजित गरेको थियो।