–बेन सदरल्याण्ड फर्नान्डो डुआर्टे
क्रोएशियाविरुद्धको खेलमा ३–० को हारपछि बिग्रिएको कपालसहित ड्रेसिङ रुम जाँदै गरेको अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीको तस्बिरले सन् २०१८ को फुटबल विश्व कपमा उनको प्रदर्शनीको वास्तविकता बयान गर्दछ ।


ADVERTISEMENT


पाँचपटक ‘गोल्डन शू’ जित्ने मेस्सीले यसपटकको विश्वकपमा न त अहिलेसम्म एउटा गोल गर्न सफल भएका छन् न त उनले आफ्नो समूहलाई गोल गराउनमा सहयोग पुर्याएका छन् । यतिमात्र होइन आइसल्याण्डविरुद्ध उनी पेनाल्टीबाट गोल गर्ने चुकिसकेका छन् ।


ADVERTISEMENT

# # #


मेस्सी दुई दिनपछि अर्थात् जुन २४ तारिखमा ३१ वर्षका पुग्दैछन् । उमेरको हिसाबले उनीसँग अर्को विश्वकप खेल्ने मौका देखिन्छ । तर। फुटबलका जानकार रसियामा आयोजना भएको विश्वकप अर्जेन्टिनाका लागि ठूलो उपाधि जित्ने मेस्सीको अन्तिम मौका हुनसक्छ । अहिलेसम्म उनले अर्जेन्टिनालाई बेइजिङ ओलम्पिक सन् २००८ मा गोल्ड मेडल मात्र दिलाउन सकेका छन् ।

उता, बार्सिलोनालाई यो सिजन उनले घरेलु लिग जिताए पनि क्याटेलोनियाको टीम च्याम्पियन्स लिगमा लगातार तेस्रो सिजनमा क्वार्टरफाइनलबाटै बाहिर भयो । जबकी चीर प्रतिद्वन्द्वी रियल म्याड्रिडले यो प्रतियोगिता आफ्नो पोल्टोमा पार्यो ।

यहाँ मेस्सीले यो सिजनमा किन संघर्ष गरिरहेका छन् भन्ने विभिन्न कारण दिइएका छन्ः

१. शारीरिक थकावटः

सन् २०१७–१८ को युरोपेली सिजनको क्रममा मेस्सीले ५४ म्याच खेले, सन् २०१४–१५ पछि पछिल्लो पाँच वर्षको क्रममा सबैभन्दा धेरै । फुटबलको आँकडाको जर्मनी वेबसाइट का ट्रान्सफर मार्केटअनुसार यो क्रममा उनले चार हजार चार सय ६८ मिनेट खेले र मैदानमा औसत ८२.७ मिनेट रहे । यसका बाबजूद उनले बार्सिलोनाका लागि ४५ गोल गरे र १८ गोल गर्न सहयोग गरे ।

२. चोटले चिन्तितः

सन् २०१८ को अप्रिलमा अर्जेन्टिनाको पत्रिका क्लारिनले राष्ट्रिय समूहको सूत्रलाई हवाला दिँदै लेखेको थियो, ‘मेस्सी दाहिने तिघ्राको चोटसँग जुधिरहेका छन् जसले उनको दौडने र गती परिवर्तन गर्ने क्षमतालाई प्रभावित गरिरहेको छ ।’

उनको यो समस्या त्यतिबेला सार्वजनिक भयो जब उनी स्पेन र इटालीविरुद्धको मैत्रीपूर्ण खेलबाट बाहिरिए । स्पेनविरुद्ध उनले बाहिर बसेरै आफ्नो साथीहरुलाई ६–१ को गोलअन्तरले हारिरहेको हेर्नुपर्यो ।

३. टीम अर्जेन्टिनाको प्रदर्शन राम्रो भएनः

रुसमा खेलिने विश्वकपका लागि दक्षिण अमेरिकामा भएको क्वालिफिकेशन टूर्नामेन्टमा अर्जेन्टिनाको प्रदर्शन राम्रो रहेन । अन्तिम अवस्थामा भने स्थान बनाउन सफल भयो । यो खेलमा मेस्सीले सबैभन्दा धेरै सात गोल गरे तर टीमको दयनीय प्रदर्शनीले प्रशंसक र मिडियोका आलोचना खेप्नुपर्यो ।

अर्जेन्टिना सन् २०१४ को फुटबल विश्वकपको उपविजेता हो जहाँ अन्तिम प्रतिस्पर्धाको अतिरिक्त समयमा जर्मनीसँग हार्नुपरेको थियो । दुई पटकको च्याम्पियन अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ को विश्वकप जितेको थियो । सन् १९९३ मा कोपा अमेरिकापछि यसले कुनै पनि ठूलो खेलमा आफ्नो नाम समावेश गर्न सकेको छैन ।

४. मेस्सीका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले यो विश्वकपमा जोडदार प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म उनले एक ह्याट्रिकसमेत चार गोल हानिसकेका छन् ।

रोनाल्डोले रुसमा खेलिँदै गरेको विश्वकपको पहिलो खेलमा नै स्पेनविरुद्ध ह्याट्रिकबाट सुरु गरे । यतिबेला उनले फ्रि किकमार्फत जुन गोल हाने त्यसलाई लामो समयसम्म याद राखिनेछ ।

त्यसपछि मोरोक्कोको विरुद्ध टीमको एकमात्र निर्णायक गोल, एक बुलेट हेडर, पनि क्रिस्टियानो रोनाल्डोले नै गरे ।

अहिले यो खेलमा रोनाल्डो उत्कृष्ट तरिकाले खेलिरहेका छन् । यता मेस्सी आइसल्याण्डविरुद्ध पेनाल्टी मिस गरेका कारण मानिसहरुको चर्चामा छन् ।

र दुई वर्षमा रोनाल्डोले जे गरे जुन मेस्सीले हलिेसम्म गर्न सकेका छैनन् । क्वार्टर फाइनल र सेमिफाइनलमा गोलका साथै उनले आफ्नो समूहलाई यूरो २०१६ को उपाधि दिलाए ।

रोनाल्डो पूरा खेलमा छाइरहे तर फाइनलमा २२ औं मिनेटपछि उनी घाइते भए । तर त्यसपछि उनले प्लेयर कोचको भूमिका निभाएको देखिए । आफ्नो समूहलाई साइड लाइनबाहिरबाट निर्देशन दिइरहे ।

-बीबीसी हिन्दी