काठमाडौँ–  प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी धीरु बस्नेतले समयको मागसँगै आएको नयाँ फौजदारी अपराध संहिता ऐनको परिवर्तनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैले एकतावद्ध भएर लाग्नु पर्ने बताएका छन् ।


ADVERTISEMENT


नयाँ मुलुकी अपराध संहिता, कार्यविधि विषयमा प्रदेश ४ र ५ मा आयोजित गोष्ठीमा बोल्दै डीआईजी बस्नेतले भदौ १ गतेबाट कार्यान्वयन हुन गइरहेका अपराध संहिताका लागि सबैले आफ्नो जिम्मेवारीका साथ यसमा लाग्न आह्वान गरे ।


ADVERTISEMENT

# # #


अपराध अनुसन्धान विभागले पराम्परागत शैलीलाई चिर्दै पुर्नसंरचना गरी नयाँ शैलीमा प्रहरीको अनुसन्धान क्षेत्रलाई अगाडी बढाएको बताउँदै उनले साईबर क्राईम र अन्य अपराध नियन्त्रणका लागि क्राईम एक्शन प्लान (क्याप) योजना ल्याएको उल्लेख गरे ।

यस्तै गौतम बुद्ध जन्मस्थल लुम्बिनीले जसरी विश्वभरनै शान्तीको सन्देश दिन सफल भएको डीआईजी बस्नेतले बताए  । त्यसैगरी यो कार्याशाला गोष्ठिको भेलाले कानुनी शासन एवम् दण्डहिनताको अवस्था न्युनिकरणको लागि आएको नयाँ कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकियोस् भनि शुभकामना दिए ।

यस्तै कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव प्रेम भट्टराईले कार्य शाला गोष्ठि क्षमता अभिवृद्दिको कार्यक्रम भएको हुदा ज्यादै उपल्बधिमुलक हुने कुरामा जोड दिदै अनुसन्धान र अभियोजनलाई तिखार्दै जानु पर्ने उल्लेख गरे ।

नायब महान्याधीवक्ता किरण पौडेलले यस कार्याशाला गोष्ठिले अभियोजन एवम् अनुसन्धान कर्ताको समान विषयमा हुन सक्ने बुझाईमा फरकता आउन नदिने बताए । उनले प्रतिस्पर्धा नभई एक आपसमा पुरकको रुपमा लिनु पर्ने कुरामा जोड दिए ।