नुवाकोट– सल्यानको खप्टेश्वरी गाउँपालिका–२ बाट यहाँ मजदूरी गर्न आएका दुई युवकको तादी खोलामा नुहाउने क्रममा आज अपराह्न ज्यान गएको छ ।


ADVERTISEMENT


तादी गाउँपालिका–४ स्थित तादी खोलामा नुहाउने गएका २४ वर्षका डिल्ली विश्वकर्मा र सोही स्थानका २० वर्षका डोना विश्वकर्माको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।


ADVERTISEMENT

# # #


सातबिसे भन्ने स्थानमा खोलामा नुहाउन गएका उनीहरुको मृत्यु भइसकेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ । उनीहरु केही दिनअघि मात्र यहाँ आवास निर्माणका लागि मजदूरी गर्न आएका थिए ।