पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा आश्चर्यजनक प्राकृतिक गुफा फेला परेको छ ।


ADVERTISEMENT


स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो । आश्चर्यजनक रुपमा आकर्षक चित्र आकारमा प्राकृतिक उपहारको रुपमा गुफा भेटिएको स्थानीय पत्रकार दिल्लीराज पंगेनीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


विभिन्न प्राकृतिक दृश्य, जंगली जनावर, पशुपक्षीको आकृति एवं कलकल छाँगाको आकृति तथा रेसा भएको आश्चर्यजनक गुफालाई आन्तरिक एवं बाह्य पर्यटकीय विकास गर्न प्रारम्भिक अध्ययनका लागि जनप्रतिनिधिको टोलीले अध्ययन अवलोकन गरेको छ ।

पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष निरबहादुर सारुसहितको टोलीले स्थलगत अध्ययन अवलोकन गरेको छ । टोलीले अध्ययनको प्रतिवेदन गाउँपालिकामा पेश गरी पर्यटकीय क्षेत्रका रुपमा गुफाको विकास योजना तयार गर्ने गाउँपालिकाले जनाएको छ । रासस