हेटौंडा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’


ADVERTISEMENT

# # #


सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । प्रधानमन्त्री के।पी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले बताए । संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै कााधमा आएको देउवाले बताए ।

कांग्रेसले एउटा लडाइा हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे । पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै उनले भनेका छन्, कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’

संविधान निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिादा पार्टीको केही काम गर्न ढिलाइ भएपनि महत्वपूर्ण काम अगाडि बढेको दाबी गरे । ‘कांग्रेसले ठूलाठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र सानासाना आग्रह पूर्वाग्रह राखेर जानी नजानी आफैंले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरी प्रस्तुत त भइसकेका छैनौं ? यसमा सबैको ध्यान जान जरुरी छ’ उनले भने ।

देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा प्रिय केही नभएको भन्दै बााकी जीवन पनि यसैमा समर्पित गर्ने बताए । पार्टीको हार कम्युनिस्ट पार्टीहरुको एकिकरणले चुनौति थपिए पनि आफू विचलित नभएको भन्दै उनले भनेका छन्, मैले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु ।’

उनले कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने आफनो अभियानमा एकजुट भई सहयोग गर्न पनि आहृवान गरेका छन् । भेलामा बोल्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुका बीचमा रहेको वैमनस्यताको कारण कांग्रेस कार्यकर्ताहरुले एकताको आवाज उठाउँदै आएको बताए ।

उनले अब एकताको आधार र फर्मुला अब जिल्ला सभापतिहरुबटै आउन समेत आग्रह गरे । हेटौंडाको भेलाले एकताको लागि मजबुत आधार दिनसमेत आग्रह गरे । महामन्त्री सशांक कोइरालाले पर्टीभित्रको गुट उपगुटको कारण चुनाव हार्नुपरेको बताए । कांग्रेसको सिद्धान्त र इतिहास राम्रो भए पनि जनताबीच लान नसक्नु कांग्रेसको पराजयको एउटा कारण भएको औंल्याए ।

वामपन्थी शक्ति एक भए पनि नेपाली कांग्रेसलाई हराउन नसक्ने अवस्थामा गुट उपगुटको करण नेपाली काग्रेसको यो अवस्था हुन गएको उनको भनाइ थियो । नेता विजय गच्छदारले कांग्रेसका दुई नेताहरु एउटै ठाउँमा उभिन आवश्यता परेको बताए । नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा ल्याउन शीर्ष नेताहरु गुटउपगुट गर्न नभई एकबद्ध हुन उनले आग्रह गरे ।

तीन दिनसम्म चल्ने जिल्ला सभापतिहरुको रष्ट्रिय भेलामा राज्यको नयाँ संरचना अनुसार पार्टी र भातृ संगठनका समितिहरु केन्द्र, प्रदेश, जिल्ला, गाउँ–नगर स्तरीय कसरी बनाउने भन्ने बिषयमा छलफल हुने बताइएको छ ।