काठमाडौं–जारी विश्वकपमा सोमबार भएको इंग्ल्यान्ड तथा ट्युनिशयाबिचको खेलमा इंग्ल्यान्डले ट्यूनिशियालाई हराएको छ ।


ADVERTISEMENT


ट्यूनिशिया इंग्ल्यान्डसँग २–१ गोलले पराजित भएको हो । जीतका लागि इंग्ल्यान्डले अतिरिक्त समयसम्म कुर्नुपर्यो । खेल बराबरीतर्फ समापन हुने अनुमान हुँदै गर्दा इंग्ल्यान्डका कप्तान ह्यारी केन अतिरिक्त समयको पहिलो मिनेटमा ट्यूनिशियाको पोस्टमा आफ्नो र टोलीका लागि दोश्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण ३ अंक दिलाए ।


ADVERTISEMENT

# # #


खेलको पहिलो हाफमा इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै अग्रता कायम गरेका थिए । उनले खेलको ११ औं मिनेटमा ट्यूनिशियाका गोल रक्षकले पन्च गरेर फर्काएको बललाई जाली चुमाएका थिए ।

तर ३४ औं मिनेटमा ट्यूनिशियाले पेनाल्टीबाट बराबरी गर्‍यो । ससीले पेनाल्टीबाट होल गरेका हुन् । बराबरीमा पहिलो हाफ सकेका इंग्ल्यान्ड तथा ट्यूनिशियाले दोस्रो हाफमा एकअर्का विरूद्ध गोल गर्ने प्रयास गरे तर सकेनन् ।

यसरी आफ्ना कप्तानको दोश्रो गोलले इंग्ल्यान्डले पुनस् अग्रता लिदैं ट्यीनिशियालाई २–१ गोलले हरायो ।