काठमाडौं– वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने भएको छ ।


ADVERTISEMENT


सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल)ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजक्रिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा। देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैंले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत थिए ।