काठमाडौँ– नेकपा एमालेले काठमाडौँ जिल्लामा पनि खाता खोलेको छ । शङ्खरापुर नगरपालिकामा सुवर्ण श्रेष्ठले जितेपछि उसले खाता खोलेको हो ।


ADVERTISEMENT


४ हजार ८३३ मत ल्याएका सुवर्णले नेपाली कांग्रेसका शंकर तिवारीलाई हराउँदै नेकपा एमालेका तर्फबाट काठमाडौँ जिल्लामा पहिलो मेयर भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रसका शंकर तिवारीले २९५० मत ल्याएका थिए । यसैगरी तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका कृष्ण राज सुवेदीले २४३७ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै सुकलक्ष्मी श्रेष्ठ विजयी भएकी छन् । उनले ४ हजार ५०१ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मञ्जु खड्काले २९११ मत ल्याइकी छन् । त्यस्तै तेस्रोमा माआवादी केन्द्रकी इन्द्रमाया तामाङले २१७५ मत प्राप्त गरेकी छन् ।