काठमाडौँ– अलेक्जान्दर कोलारोभले शानदार फ्रिकिक गोल गरेपछि मध्य अमेरिकी प्रतिस्पर्धी कोष्टारिकालाई हराउँदै सर्वियाले विश्वकपमा विजयी सुरुआत गरेको छ ।


ADVERTISEMENT


समूह इ अन्तर्गत आइतबार सम्पन्न खेलको ५६औं मिनेटमा करिव २५ यार्ड टाढाबाट पाएको फ्रिकिक अवसरलाई सर्वियाका कप्तान तथा म्यान्चेस्टर सिटीका पूर्व डिफेण्डर कोलारोभले शानदार गोलमा परिणत गरेका थिए ।


ADVERTISEMENT

# # #


गोल खान पुगेपछि दवावमा आएको कोष्टारिका खेलमा फर्कन सकेन । यसअघि खेलको सुरुआतमै डिफेण्डर जियानकार्लो गोन्जालेजको हेडिंग क्रसबारमा लागेर फर्किएको थियो ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि विश्वकपमा सहभागी युरोपेली मुलुकमध्ये तल्लो बरियाताको सर्वियाले पहिलो खेलमा ३ अंक हासिल गरेर सहज अवस्थामा पुगेको छ ।

यसबीचमा खेलको इन्ज्यूरी समयमा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर निमान्जा म्याटिक र कोष्टारिकाका अफिसियलबीच घम्साघम्सी परेको थियो । आउट गएको बल थ्रोका लागि लिन लाग्दा कोष्टारिकाका अफिसियलले नदिएपछि उनले बल खोस्न जवर्जस्ती गरेका थिए ।

समूह इ अन्तर्गत आजै ब्राजिल र स्वीट्जरल्याण्ड आमने सामने हुँदैछन् । दुईबीचको खेल राति पौने १२ बजेदेखि सुरु हुनेछ ।