धुलिखेल– काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् ।


ADVERTISEMENT


खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटत्म प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) ले एक हजार ६४४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै गुरुङले दुई हजार १३० मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका हुन् । उनको निकटत्म प्रतिद्वन्दी नेपाली कांग्रेसकी तारादेवी आचार्यले एक हजार ५९६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै सो गाउँपालिकाको वडाध्यक्षहरुमा वडा नं १ र ४ मा माओवादी केन्द्र, वडा नं। २, ३, ५ र ६ मा एमाले र वडा नं. ७ मा नेपाली काँग्रेसले विजयी भएका छन् ।