काठमाडौं–ग्रुप ‘डी’को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशीयाले अफ्रिकन फुटबल पावरहाउस नाइजेरियामाथि २–० को जीत निकालेको छ ।


ADVERTISEMENT


नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खेलको पहिलो हाफमा १–० ले बढोत्तरी लिएको क्रोएशियाले दोस्रो हाफमा पेनाल्टीबाट दोस्रो गोल गरेको हो ।


ADVERTISEMENT

# # #


म्यानडुजिकले गरेको हेड बल क्लिएर गर्ने क्रममा इटेबोको खुट्टामा ‘डिफ्लेक्ट’ हुँदा गोल हुन पुगेको थियो । खेलको ३२ औं मिनेटमा इटेबोले आत्मघाती गोल गरेका हुन् ।

त्यस्तै दोश्रो गोल क्रोएशियाका मोडरिकले खेलको दोस्रो हाफको ७१ औं मिनेटमा पेनाल्टी मार्फत गरेका हुन् । नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि पेनाल्टी पाएको थियो ।

नाइजेरियाले आगामी खेल आइसल्यान्डसँग खेल्ने छ भने डेनमार्कले अर्जेन्टिनासँग खेल्नेछ ।