काठमाडौं–विश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीनाले आफ्नो वर्ल्ड कपको शुरुवात शनिबार (आज)बाट गर्दैछ । फिफा विश्व कपमा पहिलो पटक खेल्दै गरेको आइसल्याण्डको विरुद्ध धमाकेदार शुरुवात गर्ने लक्ष्यका साथ अर्जेन्टीना मैदानमा उत्रदैछ । मास्कोको स्पार्टक स्टेडियममा यो खेल नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ ।


ADVERTISEMENT


बार्सिलोनाका स्टार लियोनल मेसी अहिलेसम्म आफ्नो देशलाई कुनै पनि ठूलो उपाधि दिलाउनका लागि असफल भएका छन् । अर्जेन्टिनाले अघिल्लो संस्करणमा पनि उपबिजेतामा चित्त बुझाउनु परेको थियो । अहिलेको विश्व कपमा अर्जेन्टीना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यकासाथ रुस पुगेको छ, भने सवैको नजर मेसीमा परेको छ ।


ADVERTISEMENT

# # #


विश्व कपको ग्रुप ‘डी’ मा भएका सबै टीम लगभग बराबरीका छन् । अहिले आइसल्याण्डलाई नै अलि कमजोर टीमको रुपमा हेरिन्छ । तर आइसल्याण्ड पछिलो दुई वर्षमा सानदार फर्ममा चलिरहेको छ । त्यसैले पनि आइसल्याण्डलाई कमजोर टीमको रुपमा लिनु जुनसुकै टीमको लागि पनि खतरा हुन सक्छ ।

तर पनि अर्जेन्टीना यो खेलमा जसरी भए पनि जीत निकालनको लागि खेल्ने छ, किनकी अब हुने खेलमा अर्जेन्टीनाले नाईजेरिया र क्रोएशिया जस्ता दमदार टीमको सामना गर्नु पर्ने छ ।

अर्जेन्टीनाले क्वालिफाइमा प्रदर्शन त्यती राम्रो गर्न सकेको थिएन एक समय त विश्व कपबाट बाहिरीने सम्भावना पनि बढेको थियो । मेसीले इक्वाइटर विरुद्ध ह्याट्रीक गर्दै आफ्नो टीमलाई विश्वकपको टीकट कटाएका थिए । अर्जेन्टीनाको टीम मेसीमा कति निर्भर छ, भन्ने कुरा पनि यो खेलबाट अन्दाज लगाउन सकिन्छ ।

क्वालिफाइ सकिएपछि अर्जेनटीनाले स्पेन र नाईजीरियासँग खेलेको खेल गुमाउनु परेको छ । सो खेलमा अर्जेन्टीनाका दुई जना स्टाईकर खेलाका थिएनन् । अब हुने ग्रुप ‘डी’को पहिलो खेलमा पनि खेल जिताउने जिम्मा मेसीमा नै हुने छ ।

२०१४ मा मेसी आफ्नो विश्व कप जीतने सपना लगभग पूरा गर्न लागेका थिए तर फाइनलमा जर्मनीसँग हार्नु प¥यो । अहिलेको विश्वकपमा मेसी पुरानो कुरा बिर्सदै ट्रफी आफ्नो नाम गर्न चहान्छन् ।

अहिले पनि गोल किपर सर्जियो रोमेरो र फरवड मैनुएल लांजिनी चोटका कारण खेलबाट बाहिर भएको अवस्थामा ३० वर्षिय मेसीको जिम्मेवारी झन बढेको छ । यो खेलमा आइसल्याण्डको लागि मेसी, सर्जियो एगुएरा, एंजेल डि मारिया र गोंजालो हिगुएनलाई रोक्न चुनौती हुने छ । जर्ज सापोलीको टीम अर्जेन्टीनाले यो खेलमा आफ्नो सम्पूर्ण खेल कौशल देखाउन जरुरी छ किनकी आइसल्याण्डले यूरो २०१६ को क्वाटर फाइनल खेलमा र विश्व कपको छनौट खेलमा आफ्नो क्षमता देखाई सकेको छ ।

आइसल्याण्डका कोच हीमिर हालग्रिमसन आफ्नो टीमले पहिलेकै जस्तो प्रदर्शन फेरी पनि दोहो¥याउने विश्वासमा छन् । अर्जेन्टीनापछि ग्रुप ‘डी’ मा आईसल्याण्डले क्रोएशिया र नाईजेरियाको सामना गर्नेछ । विश्वकप क्वालिफायरमा आइसल्याण्ड र क्रोएशिया एउटै ग्रुपमा थिए । त्यो बेला पनि आइसल्याण्ड ग्रुपको शीर्ष स्थानमा थियो ।

अहिले गाइल्फी सिगर्डसन फिट हुनु पनि आइसल्याण्डको लागि खुसीको कुरा हो । त्यस्तै अल्फ्रेड फिनबोगसन र जोहान बर्ग गुडमंडसनको पनि अनुभव खेलमा महत्व पूर्ण रहने छ । यसरी हेर्दा आइसल्याण्डले नतिजा आफ्नो नाम गरेर विश्व फुटबलमा ठूलो उलटफेर गर्ने सोच्न सक्छ ।