काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुल फित्र पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


“रमादानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुशी साटासाट गरी मनाइने इदुल फित्र पर्वको विशेष महत्व रहेको छ । स्थिरता र दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यस महत्वपूर्ण चाडले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् ”, सन्देशमा भनिएको छ ।

यसै उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण इस्लाम धर्मालम्वीलाई इद उल फित्रको शुभकामना दिँदै इद मुबारक दिएका छन् । रासस