काठमाडौं– बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत्त प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटिएपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।


ADVERTISEMENT


चोरी नियन्त्रणका लागि बिहीबार खटिएको विद्युत्त प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


सुरक्षाकर्मीसहित खटिएको काभ्रे वितरण केन्द्रको टोलीले लम्सालले कुन्ताबेसीमा हुकिङ गरी कुखुरा फर्मममा विद्युत्त प्रयोग गरेको फेला पारेपछि उनलाई पक्राउ गरेको हो । – आजको नागरिक दैनिकबाट