काठमाडौं– राष्ट्रियसभामा नेकपाबाट संसदीय दलका नेता दीनानाथ शर्माले सांसदलाई प्रशिक्षण नभई भवन निर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,‘‘दातृ निकायले हामीलाई प्रशिक्षणका लागि नै सहयोग गर्न जरुरी छैन । संसद् भवन निर्माण गरिदिए हुन्छ । सांसदको लागि आवास बनाइदिए हुन्छ ।’’


ADVERTISEMENT

# # #


नेता शर्माले स–साना काममा सांसदलाई विदेशमा पठाउन र कार्यक्रममा नबोलाउन समेत आग्रह गरेका छन् ।
उनले नेपालको समृद्धिका लागि चीन र भारतबाट सहयोग लिनुपर्नेमा जोड दिए ।

उनले अहिले ती दुई पार्टीबीच एकता भइसकेकाले निर्वाचित हुनुभएका सभामुख र उपसभामुख स्वतन्त्र भएकाले राजीनामा दिन नपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल बनाउनुपर्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने बताएका छन् । अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि अहिलेकै ढाँचामा देशको विकास नहुने उनको भनाइ थियो । रासस