काठमाडौँ– विश्व फुटबलको महाकुम्भ रसिया विश्वकपमो उद्घाटन भएको छ । रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उदघाटन भएको हो ।


ADVERTISEMENT


उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गरेका थिए ।


ADVERTISEMENT

# # #


उद्घाटन खेल शुरू हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले उद्घाटनका समय आफ्नो प्रस्तुती दिएका थिए ।

फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतिका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गरे । कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुती देखाए ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै उद्घाटन खेल साउदी अरब आयोजक रूसबीच भएको थियो । जसमा रुसले साउदीलाई ५-० गोलको शानदार जित हात पारेका थियो ।