हेटौँडा– प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको नीति कार्यक्रम, बजेटको बाँडफाँट र अन्य कामकारवाही जनसमक्ष पारदर्शी गर्ने उद्देश्यले वेबसाइट सुरु गरेको छ ।
वेवसाईट खोल्नका लागि www.ocmcmm.p3.gov.np  ठेगाना रहेको छ ।


ADVERTISEMENT


मुख्यमन्त्री डोरमणि पौडेलले सो वेबसाइटको आज शुभारम्भ गर्दै सुशासन, आर्थिक पारदर्शिता एवं जनहितका लागि गरिने विभिन्न नीति कार्यक्रमका साथै भ्रष्टाचार उन्मूलन गर्ने कार्यलाई प्रभावकारी बनाउन सो वेबसाइटले मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #