काठमाडौं–चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार नागरिकलाई बताए ।


ADVERTISEMENT


प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए । ‘बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने, ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’


ADVERTISEMENT

# # #


गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२।९ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ ।

यसैबीच, बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा गर्न चालेको अभियानलाई मन्त्रालयले सघाउन लागेको हो । – आजको नागरिक दैनिकबाट