काठमाडौं– नेपाल विद्यार्थी संघको केन्द्रिय अध्यक्ष नैनसिहँ महरले मूल्य वृद्धिको विरुद्धमा नेवि संघले शुरु गरेको देशब्यापी आन्दोलनको वेगले केवी ओलीको नेतृत्वको कम्युनिष्ट सरकार थर्कमान भैसकेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल विद्यार्थी संघ उपत्यका स्तरिय समिक्षा भेलालाई सम्बोधन गर्दै अध्यक्ष महरले वर्तमान सरकारले गरेको मूल्य बृद्धिले जनताको दैनिक उपभोग्य सामानको मूल्य पनि आकासिएको र जनताको ढाड सेक्ने काम भएकोले जनताको हितको पक्षमा नेबि संघले देशभर आन्दोलन चर्काएको बताएका छन् ।


ADVERTISEMENT

# # #


आन्दोलको बिषयमा समिक्षा गर्न बसेको भेलाले देशभरमा गरिएको मसाल जुलुसमा सरकारले धरपकड गर्दा कास्की, कैलाली, कञ्चनपुर लगायतका विभिन्न जिल्लाबाट १५७ जना पक्राउ गरेको, दुई दर्जन जति विद्यार्थी घाइते बनाएको र शान्तीपुर्ण पर्दशनमा प्रहरीले गोली प्रहार, अश्रु ग्यास र लाठीको प्रयोगले नेवि संघलाई थप आक्रोशित बनाएको निश्कर्ष निकालेको छ । भोली हुने प्रधानमन्त्रीको पुत्ला दोहन कार्यक्रमलाई देशभर थप प्रभावकारी बनाउने समेत निश्कर्ष निकालेको छ ।