काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनलाई एकदमै चलाख र देशलाई एकदमै माया गर्ने नेता भन्दै तारिफ गरेका छन् ।


ADVERTISEMENT


लामो समय आरोप प्रत्यारोपपछि ट्रम्प र किमबीच सोमबार सिंगापुरमा भएको ऐतिहासिक भेटवार्ता भएको थियो । त्यसक्रममा उनले किम जोङ-उनलाई चलाख नेता भनेका थिए ।


ADVERTISEMENT

# # #


प्रतिनिधिमण्डलको बैठकपछि दुबै नेताले एक एक संयुक्त प्रेस वार्तासम्बोधन गरेका छन् । यस वार्तामा ट्रम्पले भने, ‘आज जे जति भयो यसमा हामी धेरै गर्व महसुस गरिरहेका छौँ । उत्तर कोरिया र कोरियाली प्रायद्वीपसंग हाम्रो जुन पूरानो सम्बन्ध थियो त्यसमा बदलाव आउने छ ।’

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

ट्रम्पका अनुसार उनी र किम जोनका बीचमा एक खास सम्बन्ध बनेको छ । २६ वर्षको उमेरमा नै सत्तामा आएर देशलाई चलाएको भन्दै किम चलाख नेता भएको उनले बताए । किमको तारिफ गर्दै ट्रम्पले भने, ‘किम एकदमै चलाख छन्, आफ्नो देशलाई एकदमै माया गर्छन् ।’ साथै उनले आफ्नो देशका लगि अझै गर्न बाँकी रहेको ट्रम्पले बताए ।

यस्तै किमले पत्रकारसंग भने, ‘दुनिया अब एक परिवर्तन भएको देख्नेछ ।’ दुबै नेताले समझौता पत्रमा हस्ताक्षर गरेपछि मुस्कुराउँदै हात मिलाएका थिए ।