काठमाडौं–अफ्रिकी छनोटमा समुह ई को शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान बनाएको इजिप्टका मुख्य खेलाडी मोहम्मद सलाह यतिबेला पूरै फुटबल जगतमा चर्चित नाम हो ।


ADVERTISEMENT


२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्ट पूर्ण रुपमा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहको भरोसामा छ । तर, गत महिना च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडका डिफेण्डर सर्जियो रामोससँगको खराव ट्याकलमा चोटग्रस्त हुन पुगेका सलाहको पुनरागमनकै चिन्तामा छ अहिले इजिप्ट । उनले भनेका थिए “रामोस माफीको लायक छैनन् ।”


ADVERTISEMENT

# # #


विश्वकप सुरु हुन ३ दिनमात्र बाँकी छ । तर, बायाँ कुमको चोट बोकेका २५ वर्षे स्ट्राइकर सलाह फिट हुनेमा इजिप्ट टिम नै विश्वस्त छैन । तर, उनी फिट हुँदै मैदान फर्कने सम्भावना पनि छ । सन् २०१४ मा चेल्सीमा आवद्ध भएका सलाह बसेल, रोमा हुँदै २०१७ मा लिभरपुल पुगेका थिए ।

लिभरपुलमा आबद्ध भएपछि उनले इंग्लिस प्रिमियर लिगको यो सिजनमा ३२ गोल गर्दै नया कीर्तिमान बनाए । २०११ देखि राष्ट्रिय टिमबाट खेलिरहेका सलाह इजिप्टका मुख्य हतियार हुनेछन् । उनले ५७ खेलमा ३३ गोल गरेका छन् ।

इजिप्ट टिमको बलियो पक्ष्य यसको डिफेन्स हो । यो टिमका सात खेलाडी हाल प्रिमियर लिगबाट खेलिरहेका छन् । मोहम्मद सलाहबाहेक टिमका महत्वपुर्ण खेलाडीका रुपमा अहमेद फते पनि हुनेछन् । राष्ट्रिय टिमबाट १२४ क्याप जितीसकेका उनले इग्लिस क्लव सेफिल्ड युनाईटेड र हल सिटीबाट खेलिसकेका छन् ।

युवा खेलाडीको जोसका कारण इजिप्ट यसपटक समुह चरण पार गरेर नयाँ इतिहास बनाउने लक्ष्यमा छ । तर त्यसका लागि उसले उरुग्वे, रुस जस्ता टिमको चुनौती पन्छाउनुपर्नेछ ।

समुह ए मा रहेको इजिप्टले पहिलो खेलमा १५ जुनमा उरुग्वेसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा उसले रसियासँग १९ जुनमा प्रतिस्पर्धा गर्नेछ । समुहको अन्तिम खेलमा उसको भिडन्त साउदी अरेवियासँग जुन २५ मा हुनेछ ।