ललितपुर– स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा (एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा रहेका छन् ।


ADVERTISEMENT


वडा १ र २ को अन्तिम मत परिणामअनुसार एमालेका ब्यञ्जनकारले दुई हजार ६६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसका चिरिबाबु महर्जनले दुई हजार ३३९ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जनले ८४७ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, उपप्रमुख पदमा नेपाली काँग्रेसकी गीता सत्यालले दुई हजार १३ र राप्रपाका बाबुबाजी प्रधानले एक हजार ६१३ मत प्राप्त गरेका छन्  ।

वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहिले वडा ३ र ४ को मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं दुईमा एमाले विजयी

यसैबीच, लमनपाको वडा २ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूूह विजयी भएको छ । महर्जनले एक हजार ८३८ मत प्राप्त गरेका छन् ।