काठमाडौँ– साढे ३३ किलो सुन तस्करी प्रकरणमा न्यूरोड र दरबारमार्गस्थित आरके ज्वेलर्समा गृहमन्त्रालयबाट गठित छानबिन समितिले छापा मारेको छ । सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार दिउँसो आरके ज्वेलर्सका दुवै पसलमा छापा मारेर सुन नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


तस्करीको सुन किनेको आरोपमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई समितिले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । उनलाई मोरङ अदालतको आदेशमा हाल थुनामा राखिएको छ ।


ADVERTISEMENT

# # #


समितिका एक सदस्यका अनुसार दुवै पसलबाट बिल भएका र नभएका थुप्रै परिमाणका सुन बरामद गरिएको छ । बरामद सुनको कानुनी वैधताका आधारमा छुट्याएर लगत कट्टा गरिने ती सदस्यले जानकारी दिए ।