विश्वकप फुटबल २०१८ रुसमा १४ जुन देखि सुरु हुँदैछ । यो विश्वकप सुरु हुनुपहिले हामी तपाईलाई यस्ता तथ्य र घटनाबारे जानकारी दिँदैछौँ । जसले तपाईलाई विश्वकपका बारेमा फुटबलका आधारभूत ज्ञाने दिलाउन मदत गर्नेछन् ।


ADVERTISEMENT


१. यो फटुबलको २१ औँ विश्वकप हो । पहिलो विश्वकप १९३० मा उरुग्वेमा भएको थियो । १३ राष्ट्र सहभागी भएको उक्त विश्वकपमा कुल ७० गोल भएका थिए । र उपाधी आयोजक उरुग्वेले नै उचालेको थियो ।


ADVERTISEMENT

# # #


२. यसको पहलो छनोट १२ मार्च, २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच भएका थियो । पूर्वी टिमोरले यसमा ५–१ गोलले जितेको थियो । तर पछि थाहा भयो कि टिमोरले यस्ता खेलाडीलाई खेलाएको थियो । जो योग्य थिएनन् । ,यसमा टिमोरले जितेर पनि हारेको थियो र मंगोलियाले आफ्नो पोल्टामा लिएको थियो । तथापी यसको फैसला गर्न समय लागेको थियो ।

३. यस पटकको विश्वकपमा कुल ३२ टिम रहेका छन् र २०२६ मा कुल ४८ टिमले भाग लिनेछन् ।

४. आइसल्याण्ड र पानामा पहिलो पल्ट विश्वकपमा सहभागी हुँदैछन् ।

५. ब्राजिल एकमात्र यस्तो देश हो जसले सबै विश्वकपमा सहभागी भएको छ र सबैभन्दा बढी ५ पटक उपाधी उचालेको छ । यदि यसपटक जितेमा ६ पटक हुनेछ ।

६. जर्मनी यसपटक ब्राजिल र इटालीपछि लागातार दुई पटक विश्वकप जित्ने देश बन्ने दाउमा छ । १९५८ र १९६२ मा ब्राजिलले र १९३४ र १९३८ मा इटालीले लगातार दुई पटक विश्वकपको ट्रफी कब्जा गरेका थिए ।

७. जर्मनी पछिल्ला तीन विश्व कपमा सबैभन्दा बढी गोल हान्ने देश हो । जर्मनीले सन् २००६ को विश्वकपमा १४, सन् २०१० को विश्वकपमा १६ र २०१४ को विश्वकपमा १८ गोल गरेको थियो ।

पहिलो विश्वकप १९३० मा उरुग्वेमा भएको थियो । १३ राष्ट्र सहभागी भएको उक्त विक्वकपमा कुल ७० गोल भएका थिए । र उपाधी आयोजक उरुग्वेले नै उचालेको थियो ।

८. रूसका ओलेक सालेन्को विश्वकपको एक खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले १९९४ मा क्यामरुनविरुद्ध ५ गोल गरेका थिए ।

९. पछिल्लो ब्राजिल विश्वकप करिब ३.२ अर्ब मानिसले हेरेका थिए । लगभग यो विश्वको आधा जनसंंख्या हो ।

१०. जति टिमले आजसम्म विश्वकप जितेका छन् उनको टिमको कोच त्यही देशका थिए ।

११. रूस (सोवियत संघ)ले विश्वकपमा कल्यिै पनि समूह चरण पार गर्न सकेको छैन । सायद यसपटक उसले आफ्नो घरेलु मैदानको फाइदा उठाउनेछ ।
१२. २०१८ विश्वकप नाइजेरियाका लागि छैटौँ विश्वकप हुनेछ ।

१३. दक्षिण कोरिया दशौँ पटक विश्वकप खेल्दैछ । यति धेरै पटक अन्य कोही पनि यशियाली देश छनोट हुन सकेका छैनन्

१४. ईरान लगातार दुई पटक विश्वकपका लागि छनोट भएको हो । यस्तो उसले पहिलो पटक गरेको हो ।

१५. आइसल्याण्ड विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो । यसको जनसंख्या जम्मा ३ लाख ३४ हजार रहेको छ । तरपनि जनसंख्याले केही महत्व राख्दैन । उदाहरणका लागि तपाई विक्वमा सबैचभन्दा धेरै जनसंख्या भएका चीन, भारतलाई लिनसक्नुहुन्छ ।

१६. नेदरल्याण्ड जित बिनानै विश्वकप बढी खेल्ने देश हो । तर यसपटकको रसिया विश्वकपमा ऊ छनोट हुन सकेन ।

१७. १९५८ पछि यस्तो पहिलो पटक भएको छ कि इटाली पहिलो पटक विश्वकपमा छनोट हुन सकेन । इटालीले आजसम्म चारपटक (१९३४, १९३८, १९८२ र २००६)सम्म विश्वकप जितिसकेको छ ।

१८. १९८६ पछि पहिलो पटक अमरीकापनि विश्वकपमा पहिलो पटक छनोट हुन सकेन ।

१९. पहिलो पटक विश्वकप यूरोप र एशिया गरी दुई महादेशमा हुँदैन ।

२०. पनामाका राष्ट्रपतिले आफ्नो फुटबल देश विश्वकपमा छनोट भएपछि ११ अक्टोबरमा सार्वजनिक विदाको घोषणा गरेका थिए ।

-एजेन्सीको सहयोगमा