चितवन–चितवनको माडीमा आजदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । बिजुली नहुँदा स्थानीयबासीको दैनिकी, नगरपालिकाको काम र व्यवसाय प्रभावित हुने भएको छ ।


ADVERTISEMENT


३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सबस्टेशन माडीका प्रमुख आनन्द कुँवरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


माडीमा चितवन राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत रुपमा बिजुली लगिएको छ । यो भूमिगत लाइनमा पटक(पटक समस्या आउँदा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । गत वर्ष वर्षायाममा भूमिगत लाइनमा समस्या आउँदा लामो समयसम्म विद्युत सेवा अवरुद्ध भएको थियो ।

‘यस पटकको वर्षायाममा फेरि समस्या नआवस् भनेर मर्मत गर्न लागिएको हो,’ भरतपुरस्थित विद्युत वितरण केन्द्रका प्रमुख सुरेश महतोले भने ।

भूमिगत लाइन मर्मत गर्नका लागि भारतबाट प्राविधिकहरु ल्याइएको छ । भारतीय टोलीलाई नेपाल विद्युत प्राधिकरणको टोलीको सघाउने छ ।