काठमाडौं –एनआईसी एशिया बैंक लिमिटेडले १,००० अंकित दरका १८,३०,००० कित्ता (१ अर्ब ८३ करोड रुपैयाँ)को “११५ एनआईसी एशिया ऋणपत्र २०८२८३” निष्काशनको निमित्त बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।


ADVERTISEMENT


यस अगाडि बैंकले जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको र सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैँकले लिएकोे छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच हस्ताक्षर भएको छ ।

१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।