विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षलाई पेलेर होइन, समेटेर अघि बढ्ने पक्षमा रहेको बताएका छन् ।


ADVERTISEMENT


दुई तिहाइको दम्भ देखाएर सरकार निरंकुश बन्दै गएको आरोप प्रतिपक्षी दल नेपाली कांग्रेसबाट लागिरहेका बेला ओलीले प्रतिपक्षलाई पेल्ने सरकारको कुनै योजना नरहेको प्रष्ट पारे । बरु उनले प्रतिपक्षलाई साथमै लिएर देशलाई सर्बसहमतिका आधारमा अघि बढाउने सोच सरकारले बनाएको बताए ।


ADVERTISEMENT

# # #


‘सरकारलाई दुई तिहाइको समर्थन भए पनि हामीले दम्भ देखाएका छैनौं,’ प्रदेश १ को संसदलाई सम्बोधन गर्न विराटनगर पुगेका ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘प्रतिपक्षलाई पेलेर होइन, सहमतिमा ल्याएर अघि बढ्न चाहन्छौं ।’

अर्को फरक प्रसंगमा ओलीले नेपाल गरिब बस्नेहरुको देशका रुपमा चिनिएको उल्लेख गर्दै अब धनीको देशका रुपमा बदल्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो देशबाट गरिबी हटाएर धनी देशमा परिवर्तन गराउँछौं ।’

ओलीले बजेट विनियोजन गर्ने क्रममा यहाँ पुगेन, त्यहाँ पुगेन भनेर भइरहेको टिप्पणी केही वर्षभित्रै अन्त्य हुने दाबी गरे । ‘सपना’ देखाउने प्रतिपस्र्धामा नभएर राष्ट्र निर्माण अभियानमा सरकार जुटेकाले विगतका सरकारले ल्याउने भन्दा पृथक किसिमको बजेट यसपटक आएको प्रधानमन्त्रीको भनाइ छ ।

अघिल्लो सरकारले स्रोतको सुनिश्चितता नगरी उधारो बजेट ल्याएकाले त्यो व्यय भार यसपटक तिर्नुपरेको उनले बताए ।