काठमाडौं–जिल्लाको बुकीमा यार्सा सकलनसँगै विक्री पनि शुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्सा खरिद गर्न व्यापारी आएका छन् ।


ADVERTISEMENT


४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्सा किनेर काठमाडौं फर्किए ।


ADVERTISEMENT

# # #


बुकीमा प्रतिगोडा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए । ५ सयदेखि ५५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोवार भइरहेको रहेछ, उनले भने, हामीले प्रतिगोटा ६५० रुपैयाँ तिरेर एकमुष्ट ठुलो मात्रामा यार्चा खरिद गरेका थिए ।

धेरै टिप्नेले दिनमा ३ सय ग्रामसम्म सकलन गर्दारहेन्, उनले भने । – आजको कान्तिपुर दैनिकबाट