काठमाडौँ– पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


२८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ को लंकुस्थित लक्ष्मी माविमा बिहान ७ बजे मतदान गरे । निर्वाचन आयुक्त इला शर्माले ललितपुर महानगरपालिकाको वडा नं. १० स्थित प्रसूति गृहको क्वाटरमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे पहिलो मतदाताको रुपमा मतदान गरे । आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिकाको धुम्बाराही माध्यमिक विद्यालयमा मतदान गरेका छन् ।

विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं १० चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि निर्वाचन हुन लागेको सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज बिहान जारी विज्ञप्तिमा जनाइएको छ ।