काठमाडौँ– नेपाली युवा स्टार सन्दीप लामिछानेको परिचय आजदेखि फेरिएको छ । यसअघि क्रिकेटर रहेका सन्दीप अब गायक पनि भएका छन् ।


ADVERTISEMENT


आफ्नो स्पीन बलको जादू देखाएर विश्व क्रिकेट जगतमा सनसनी मच्चाएका १७ वर्षीय सन्दीपले आज एक गीत रिलिज गरेपछि क्रिकेटरसंगै गायक पनि भएका हुन् । ‘प्रतिक्षा’ नामको एल्बम अन्तगर्तको ‘उदास’ बोलको गीत उनले आज आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन् ।


ADVERTISEMENT

# # #


आइपीएल खेल्न जानु अघि नै टिजर रिलिज गरेका सन्दीपले आफ्नो एल्बमको पहिलो गीतको अडियो रिलिज गरेका छन् । सन्दीपको स्वर रहेको उक्त गीतको लय विनोद तिमल्सिनाको रहेको छ भने संगीत सनिस सुनुवार र अनिल धितालको रहेको छ ।

गीत मन पराइएमा भिडियो पनि निकालिने सन्दीपले बताएका छन् ।

सुन्नुस् यस्तो छ गीत :