काठमाडौं– राजधानीको तारकेश्वर नगरपालिका–७ स्थित फुटुङबाट प्रहरीले प्रतिबन्धित दुर्लभ बन्यजत्यु रेडपान्डासहित एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


रेडपाण्डाको कारोवार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा महनगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी नायव निरीक्षक शेर बहादुर बस्नेतको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले रसुवाको कालिका गाउँपालिका ३ राम्चे घर भई फुटुङ बस्दै आएका काजी तामाङलाई एक थान दूर्लभ वन्यजन्तु रेडपाण्डासहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।