एजेन्सी – विश्वकपको तयारीमा रहेको आयोजक रुसले मैत्रीपूर्ण खेलमा टर्कीसँग १–१ गोलको बराबरी खेलेको छ । घरेलु टिम रुसले आफ्नो सुरुवाती अग्रता जोगाउन नसक्दा टर्कीसँग बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


मंगलबार राति भएको खेलमा रुसले खेलको ३५औं मिनेटमा एलेक्जेन्डर समेडोभको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको रुसले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायम गर्न सकेन ।


ADVERTISEMENT

# # #


खेलको ५९औं मिनेटमा युनुस माल्लीले गोल गर्दै टर्कीलाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । २०१८ को विश्वकप फुटबल रुसका विभिन्न १२ वटा रंगशालामा सञ्चालन हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको फुटबलको मुम्भ मेलामा यतिबेला सबैको नजर परेको छ । विश्वकप यही जुन १४ तारिखदेखि जुलाई १५ तारिखसम्म हुँदैछ ।