काठमाडौँ– नेकपा एमालेका सांसद जीवन राम श्रेष्ठले विद्यार्थीहरुलाई कपडाका झोला वितरण गरेका छन् ।


ADVERTISEMENT


मंगलबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले मैत्री स्कूलका विद्यार्थीहरूलाई वातावरण अनुकूल झोलाहरु हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


झोला हस्तान्तरण गर्दै उनले वातावरणलाई प्रदूषणरहित बनाउनका लागि प्लास्टिकका सामानहरुको प्रयोग रोक्नुपर्ने बताए । वातावरण दिवसका अवसरमा मैत्री स्कुलले कार्यक्रमको आयोजना गरेको थियो ।

साथै विश्व सम्पदा स्यम्भूदेखि हनुमानढोका दरबार स्क्वायरसम्म यात्रा गरिएको थियो । उक्त यात्राका क्रममा बाटोमा भेटिएका प्लास्टिक प्रयोगकर्तालाई वातावरणमैत्री झोला वितरण गरिएको छ ।