काठमाडौं–नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल ले आर्थिक वर्ष २०७५/७६ को बजेट फुलको आखाँमा फुलै संसार भनेजस्तै रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधीसभाको बैठकमा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै उनले फुलको आखाँमा फुलै संसार भनेजस्तै आँखा नै बिग्रीएको र नियत नै गलत राखियो भने त्यसलाई सफा नदेखिने बताए।


ADVERTISEMENT

# # #


‘यस बजेटबाट सुत्केरी हुने कुराबाट बञ्चीत रहेको महिलालाई एम्बुलेन्ससम्मको परिकल्पना गरिएको मात्र नभएर करिडोरहरुको विकासको कुुरा गरिएको छ ।’ उनले भने, ‘सुरुङ्गमात्रको कुरामात्र नभएर विराटनगरबाट अन्तरराष्ट्रिय उडान भर्नेसम्मको कुरा भएको छ । स्थानीय तहमा जानुपर्ने रकम वृद्धिको कुरा र विकास निर्माणमा सहभागिता गराउने सबै बिषय समेटिएका छन्’

सरकारको यस बजेटले समाजवाद र विकासको आधार तयार गर्ने नेता ढकालको भनाई थियो । उनले भने, ‘यसमा रचनात्मक सुझाबहरु हनसक्ला तर नेपाल सरकारको तर्फबाट अर्थमन्त्री ज्युले यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । यसले समाजबादको आधार तयार गर्नेछ, अगाडि बढ्नको लागि बाटो देखाउने छ । अभाव रहेका कतिपय बिषयहरुलाई यसले पुरा गर्नेैछ ।’

यस्तै उनले अहिले विरोधका प्रश्न गर्नेहलाई ५ बर्षपछिको विकास निर्माणले दिने बताए ।