जाजरकोट(रासस)–यहाँको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।


ADVERTISEMENT


भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिएका छन् । उनीहरुलाई भारत लैजानका लागि ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु १५ हजार ८४० र तीन थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सो सबै सामग्री अभिभावकको जिम्मा लगाइएको छ । चारै जना आफन्तसँग खबरै नगरी घरबाट भागेका थिए । यहाँका अधिकांश बालबालिकालाई यसरी नै फकाएर भारत लगी श्रमशोषण गर्ने प्रचलन बढेपछि प्रहरीले कडाइ गरेको छ ।