काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये ४ हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ ।


ADVERTISEMENT


यो आर्थिक वर्ष २०७४/७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्तसम्मको उजुरी मध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताएका छन् ।


ADVERTISEMENT

# # #


आयोगले ४ हजार १ सय ६६ उजुरीलाई तामेलीमा राखेको उनले भने ‘चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आयोगले ४ हजार १ सय ६६ उजुरी तामेलीमा राखेको छ,’ उनले भने तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको उहाँको भनाई छ । ‘कुनै उजुरी दुःख दिने नियतले दर्ता गरेको हुन्छ,’ उनले भने–‘त्यस्ता तथ्यहिन, आधारहिन र प्रष्ट नभएका उजुरी प्रारम्भिक अनुसन्धानबाटै तामेलीमा परेको छ ।’

तामेलीमा गएका अधिकांश उजुरी अनुचित कार्य अन्तर्गतको पर्ने र आयोगले संबैधानिक क्षेत्राधिकार भित्र अनुचित कार्य नपरेकोले पनि त्यस्ता उजुरी तामेलीमा पर्ने गरेको आयोगका सहचिब दंगालले बताएका छन् । – आजको नेपाल समाचारपत्रबाट