काठमाडौं–कलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ । अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले समेत अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्बको खोजी गर्न थालेका हुन् ।


ADVERTISEMENT


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएका हुन् । महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पताल प्रशासनमा ठूलो अनियमितता देखाएपछि अनुसन्धान अघि बढाउन लागिएको स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


रोचक कुरा त के छ भने, सरकारी निकायमा भ्रष्टाचार छानविन गर्दा उच्च अधिकारी र बिभागीय प्रमुखहरुबाट शुरु हुन्छ । तर वीर अस्पतालको भ्रष्टाचारमा भने पियनसमेत छानविनको दायरामा परेका छन् ।

अस्पताल सुधारका लागि गगन थापा स्वास्थ्यमन्त्री भएको बेला सरकारले दिएको २ अर्बभन्दा बढी रकमको अधिकांश हिस्सा सामान खरिदमा सकिएको छ ।

खरिद शाखाकी प्रमुख भगवती थपलिया, पटक–पटक बिभिन्न प्रकरणमा जेल परेका सेवा आयोग सचिव कर्मचारी लक्ष्मण अर्यालदेखि पियन नवराज धितालमाथिसमेत छानविन हुन थालेको छ । धितालमाथि अस्पताल परिसरमै पसल सञ्चालन गरेको आरोप छ ।