वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र कोरियाली शासक किम जोंग उनबीच जून १२ मा ऐतिहासिक भेटघाट प्रस्तावित गरिएको छ । उक्त भेटघाट सिंगापुरमा हुँदैछ । तर यसका लागि किम जोंगले भेटवार्ता एक विशेष होटलमा हुनुपर्ने माग राखेका छन् ।


ADVERTISEMENT


वास्तवमा, उत्तर कोरियाली नेता किमले आफू बस्नका लागि सिंगापुरको यस्तो होटल व्यवस्था गर्न माग गरेका छन् जसको एक दिनको मूल्य ६ हजार डलरभन्दा बढी छ । साथै, होटलको बिल उत्तर कोरियाबाहेकले तिर्नुपर्ने किमले माग राखेका छन् ।


ADVERTISEMENT

# # #


वासिङ्टन पोष्टको एक रिपोर्ट अनुसार ह्वाइट हाउसका चीफ अफ स्टाफ जो ह्यागिन र किम जोंगका चिफ अफ स्टाफ किम चांग सन बैठकको १० दिन अघि सिंगापुरमा तयारीका लागि पुगेका छन् । रिपोर्टका अनुसार उत्तर कोरियाली नेताले यो क्रममा पाँच तारे फुलरटन होटलमा बस्ने र होटलको बिल उत्तर कोरियाले नभई अन्यले नै तिनुपर्ने माग गरेका छन् ।

सिंगापुर नदीमा बनेको यो होटलले आफूलाई शहरको सबैभन्दा फरक धारको होटल दाबी गर्दछ । होटलको प्रेसिडेन्सियल सुटमा एलिभेटरसमेत भएको बताइन्छ । जब ‘द इन्डिपेन्डेन्ट’ ले होटलका रिसेप्सनिष्टसँग किम जोंग उन आउने बारे सोध्यो तब जवाफमा पाहुनाको जानकारी गोप्य राखिने बताइयो । यो होटल सन् १९२८ मा बनेको थियो ।

वासिङ्टन पोष्टका अनसार किमको बेइज्जत नहोस् भन्ने कुरामा अमेरिकाले विशेष ध्यान राख्नेछ । तर कुनै पनि प्रकारको भुक्तानी अमेरिकाको ट्रेजरी डिपार्टमेन्टद्वारा लगाइएको प्रतिबन्धको उल्लंघन पनि हुनेछ । फलस्वरुप, अफिस अफ फरन असेट्स कन्ट्रोलको प्रतिबन्ध हटाउनुपर्नेछ । ह्वाइट हाउसले यसबारे तुरुन्त जवाफ दिन अस्विकार गरेको छ ।

अहिलेसम्म ट्रम्प र किम भेट्ने स्थान पनि तय हुन सकेको छैन । तर सम्भावित स्थानमा सांग्रीला होटल समावेश छ जसले विभिन्न देशका प्रधानमन्त्रीलगायत रक्षामन्त्रीलाई स्वागत गरेको छ ।