झापा(रासस)–नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ ।


ADVERTISEMENT


भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


अधिकारी बिर्तामोडस्थित महानन्दचोकमा बस्दै आउनुभएको थियो । अधिकारी तत्कालीन माओवादी केन्द्रको विगत १० वर्षदेखि कार्यालय सचिव रहेका थिए । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

शालीन, भद्र र मिलनसार स्वभावका अधिकारी पार्टीमा ‘काका’ उपनामबाट परिचित थिए । अधिकारीको आज दिउँसो १ बजे कनकाई नदीमा दाहसंस्कार गरिने नेकपा झापाले जनाएको छ ।