काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।


ADVERTISEMENT


आज कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका लेवाडेस्थित जन्मस्थान पुग्नुभएका अध्यक्षले भने, ‘ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहना होइन, देशलाई समृद्धितिर लैजाने हाम्रो मुख्य उद्देश्य हो । ’


ADVERTISEMENT

# # #


अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताए । अध्यक्षले भने, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर एकता गर्ने भनेका थियौँ भने प्रतिक्रियावादीले पार्टी एकता हुन दिने थिएनन् ।’

साहस र आँट गरेनौं भने देश अर्को ७० वर्ष अराजकतातिर जान्छ र देशले विकासको गति लिँदैन भनेर नै आफूहरुले पार्टी एकताको पहल गरेको उनको भनाई थियो । प्रचण्डले भने, ‘यो एकता विगतको जस्तो पार्टी एकता होइन । यो नेपाली जनताको समृद्धि, आत्मस्वाभिमान र देशको समृद्धिको निम्ति गुणात्मक रुपले फरक छ ।’ पार्टी एकताले नेपालीको इज्जत र प्रतिष्ठा बढेको अध्यक्ष प्रचण्डले बताए ।

उनले पार्टी एकता पछि उपत्यका बाहिरको आफ्नो पहिलो कार्यक्रम कास्की र त्यसमा पनि आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका भएको भन्दै यसमा आफूलाई खुसी र गर्व लागेको बताए ।