काठमाडौं–आफ्नो समयका चर्चित नायक हुन् बलिउड अभिनेता सञ्जय दत्त । यीनै नायकको जीवनमा आधारित भएर बनाएको फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।


ADVERTISEMENT


भनिन्छ अभिनेता सञ्जय दत्तले जेलजीवन बिताउने क्रममा आत्महत्याको प्रयास गरेका थिए । हालै सार्वजनिक भएको उनको जीवनीमा आधारित फिल्मको ट्रेलरले पनि यसै भन्छ ।


ADVERTISEMENT

# # #


मुम्बई बम विस्फोटन काण्डमा उनी जेल परेका थिए । लामो सयम जेलजीवन बिताएका सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जुको ट्रेलरमा पनि उनले जेलमा आत्महत्याको प्रयास गरेको देखाइएको छ । ट्रेलरमा उनको निजी जीवनलाई लिएर केही रमाइला र केही विवादास्पद प्रसंगको तमाम खुलासाहरु समावेश गरिएको छ ।

सन् १९९३ मा मुुम्बईमा भएको सिलसिलाबद्ध बम विस्फोटनमा धेरै बलिउड हस्तीको नाम जोडिएको थियो । जसमा सञ्जयमाथिको अभियोग प्रमाणित भएपछि उनलाई जेल सजाय दिइएको थियो । उनीमाथि अन्डरवल्र्ड डन अबु सलेम र रियाज सिद्दिकीबाट अवैध बन्दुकको डेलिभरी लिएको, त्यसलाई राखेको र पछि नष्ट गरेको अभियोग लगाइएको थियो । उनको घरमा भेटिएका हतियार बम जस्ता प्रमाणहरुको आधारमा उनलाई एक महिनापछि प्रहरीले पक्राउ गरेको थियो ।

केही समयअघि जेलबाट निस्किएका सञ्जय आजभोली फिल्म क्षेत्रमा सक्रिय छन् ।

उनको जीवनीमा आधारित रहेर बनेको फिल्म सन्जुमा अभिनेनता रणवीर कपुर सञ्जय दत्तको विभिन्न अवतारमा देखिएका छन् भने उनीसंगै, मनीषा कोइराला,अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपुर, परेश रावल, बमन इरानी र विक्की कौशलको समेत अभिनय रहेको छ ।