काठमाडौँ–खानेपानी मन्त्रालयले निर्धारित कार्यतालिका भित्रै मेलम्ची आयोजनाको काम सक्ने दाबी गरेको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो दावी गरेको हो ।


ADVERTISEMENT


पत्रकार सम्मेलनमा शंकरप्रसाद सुवेदीले मेलम्चीको काम कार्यतालिकाभित्रै सम्पन्न गर्न कटिबद्ध रहेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्रालयले ठेकेदार कम्पनी सिएमसीले यसअघि गरेका प्रतिबद्धता अनुसार काम नगरेकोमा असन्तुष्टि समेत जनाएको छ ।

मन्त्रालयले प्रतिवद्धता बमोजिम काम नगरेकोमा ठेकेदारसँग सपष्टिकरण समेत लिएको जनाएको छ । मन्त्रालयले आगामी साउन ३० गते मेलम्चीको पानी काठमाडौमा झार्ने लक्ष्य लिएको छ ।

त्यसका लागि मन्त्रालयले ठेकेदार कम्पनीको मुख्य कार्यलय इटालीको उच्च व्यवस्थापकलाई पत्राचार गरी नेपाल बोलाएर छफल गर्न पत्राचार गर्ने भएको छ ।

त्यसपछि समेत ठकेदार गम्भीर नभई काममा प्रगति नभए मन्त्रालयले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ ।