काठमाडौं–नेपाली काग्रेसका नेता डा. शेखर कोईरालाले आफुहरू विशेष महाधिवेशन गरेर सभापती हटाउँने पक्षमा नरहेको बताउदै विधान अनुसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जिवन दिनुपर्नेमा जोड दिएका छन् । कोईरालाले भने–“पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोस, यदी विधान अनुसार हिड्न सक्नुहुन्न भने सहमती अनूसार हिड्नूहोस ।”


ADVERTISEMENT


नेपाली काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई संबोधन गर्दै डा. कोईरालाले पार्टीको विधानलाई अक्षरसः पालना गर्नूपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


देश संघियतामा प्रवेश गरिसके पछि पनि काँग्रेसले प्रादेशिक संरचना बनाउन नसकेको बताउदै जतिसक्दो छिटो विधान अनूसार पार्टीको प्रादेशिक संरचना बनाउनु पर्ने बताएका छन् । कोईरालाले विधान अनुसार अहिलेको केन्द्रिय कार्यसमितीको समय अब १ बर्ष नौ महिना मात्रै बाँकी रहेकोले यो समय भित्रै महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

डा कोईरालाले कुनैपनी गुट–उपगुटमा नलागी पार्टी पुनसंरचनामा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे, पूर्वराज्यमन्त्रीहरू तारामान गुरुंग र दिपक खड्काले अब पूरानो परिपाटीले पार्टी नचल्ने बताएका छन् ।